धनगढी - सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा सङ्क्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
त्यसै गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ एक सय ९६ जनाको कोरोना परीक्षण भएकोमा थप एक जनामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार ५ सय १० पुगेको छ।