सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घट्यो

Gold
सुदूर प्रेस संवाददाता

धनगढी–सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित:
2020/09/17, 12:17