बाजुरामा बाढीले बगाएर तीन जना बेपत्ता

file picture bajura
सुदूर प्रेस संवाददाता

बाजुरा–बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बिहीबार राति नै बाढी आएको भए पनि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा रहेको गाउँको खबर ढिला आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

बाढीकै कारण खोला नजिकै रहेका तीन वटा आधुनिक, चार वटा परम्परागत घट्ट र तीन वटा काठे पुल पनि बगाएको छ । खोलामा आएको बाढीले १० वटा घर र धान तथा कोदो बालीमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पठाएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताउनुभयो ।   

प्रकाशित:
2020/09/18, 4:58