मुख्यमन्त्री भट्ट द्वारा संबिधान दिवसको शुभकामना  

trilochan
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संबिधान दिवसको अवसरमा प्रदेशबासी लाई शुभकामना दिएका छन ।  एक सन्देश सार्वजनिक गर्दै उनले नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जनताको पक्षमा रहेको बताएका छन् ।
यो संविधानले मुलुकका सबै जाति, लिङ्ग, महिला, दलित, भाषाभाषी, मधेशी, सिमान्तकृत सबै बर्गको अधिकार सुनिश्चित गरेको भन्दै उनले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प गरिएको उल्लेख गरेका छन् ।
जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संविधानले आत्मसात् गरेकोले कार्यान्वयनमा जोड दिएका छन् ।
संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ(आफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न आग्रह गर्दै उनले थप एकता जरुरी रहेको बताएका छन् ।
 

प्रकाशित:
2020/09/19, 7:39