कैलालीकी संचारकर्मी निर्मला पहराई हत्याको आरोपमा दुई जनाको नाममा किटानी जोहरी

अनुसन्धानका लागी एकजना प्रहरी नियन्त्रणमा
Nirmala

धनगढी– कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको दाबी गर्दै उनका परिवारजनले  दुई जनाको नाममा किटानी जोहरी दिएका छन्।  निर्मलाका दाजु बिशालले स्थानीय ललित जाग्री  र उनकी प्रेमिका रिया साउँदको नाममा किटानी जाहेरी दिएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिष्टले  बताए। 
प्रहरीले घटनाको अनुसन्धानका लागि  ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ। किटानी जाहेरी परेपछि अब नयाँ तरिकाले अनुसन्धान गरिने डिएसपी बिष्टले बताए।

यस्तै नेपाल पत्रकार महासंघ लगायतका बिभिन्न अधिकारवादी संघसंस्थाहरुले घटनाको निस्पक्ष छानविन गर्न माग गरेका छन्।   घोडाघोडी नगरपालिका वडा नम्वर– ४ की निर्मला भदौ ३१ गते बिहान साढे ६ बजेको समाचार पढेर घर गएकी थिइन्। त्यसैदिनदेखि सम्पर्कविहीन भएकी थिइन्। तीन दिनपछि भदौ २ गते घोढाघोडी नगरपालिका ५ को फुलबारी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

उनका आफन्तले ललित जाग्री र उनकी नयाँ प्रेमिका मिलेर हत्या गरि झुण्ड्याएको आरोप लगाएका छन्।

प्रकाशित:
2020/09/21, 10:07