कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कैलाली मालपोत कार्यालय सिल

malpot

धनगढी–भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि असौज ९ गतेसम्मका प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत केसीले बताए। कार्यालयका अन्य कर्मचारीको कोरोना परीक्षण पछि मात्रै अन्य सेवा सुरु गरिने केसीले बताए । 

प्रकाशित:
2020/09/23, 2:07