कैलाली र कञ्चनपुरमा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढीमा मात्रै २६ जना थपिए
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा ३५ र कञ्चनपुरमा १ जना गरी ३६ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको  प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ३५ र कञ्चनपुरका १ जना गरी ३६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

सङ्क्रमित मध्ये सबै भन्दा बढी २६ जना धनगढीका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर –२ का ८ जना र धनगढी उप–उप–महानगरपालिका वडा नम्बर– १३ का ८ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै वडा नम्बर १, ३ र ५ का दुई–दुई जना, वडा नम्बर ४ , ११, १४ र १८ का एक–एक जनामा सङ्क्रमण पुष्टि भएको हो । 

 

 

प्रकाशित:
2020/09/23, 4:07