साल्टट्रेडिङ्गको मलमा किसानको आकर्षण बढ्यो (भिडियोसहित)

उर्वराशक्ति पनि बढेको भन्दै किसान खुसी
Kishan
सुदूर प्रेस संवाददाता

धनगढी–सरकारले अनुदानको रासायनिक मल किसानलाई उपलब्ध गराउन नसकेपछि साल्टट्रेडिङ्गले विक्रिवितरण गर्दै आएको गैर अनुदानीत मल प्रति सुदूरपश्चिमका किसानको आकर्षण बढ्दै गएको छ । सहज उपलब्ध हुने र उत्पादन पनि राम्रो हुने भएपछि यहाँका किसान अहिले महँगो भए पनि साल्टट्रेडिङ्गले विक्रिवितरण गर्दै आएका  सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट प्रयोग गर्न थालेका हुन् ।

​    ​Kishan

हरेक वर्ष अनुदानीत मल नपाएर उत्पादन घटन थालेपछि यो मलको प्रयोग गर्न थालेको र यसले उर्वराशक्ति पनि बढेको कैलालीको भजनी नगरपालिका–९ पचमुडियामा रहेको घोर ताल सहकारी संस्था लिमिटेडका अध्यक्ष मिहिलाल चौधरीले बताए । आफ्नो सहकारीमा आबद्ध रहेका अधिकांश किसानले अहिले यो यो मलको प्रयोग गर्न थालेको र यसले उत्पादन पनि बढेको उनको भनाइ छ । तीन तहकै सरकारले यो मल लाई अनुदान उपलब्ध गराए ठुलो राहत पुग्ने चौधरीको भनाइ छ । 

Salt Trading

साल्टट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेले किसानहरूले सुरुमा यो मलको प्रयोग नगर्ने भएको भए पनि उत्पादन बढ्दै गएपछि यसप्रति आकर्षण बढ्दै गएको बताए । उत्पादन राम्रो हुने भएकाले यो मलको प्रयोग गर्न उनको सुझाव छ । प्रदेश सरकार सँग किसानलाई यो मलमा अनुदान उपलब्ध गराउने विषयमा पनि कुराकानी भएको र यसमा प्रदेशका कृषि मन्त्री पनि सकारात्मक रहेको उनको भनाइ छ । सरकारले अनुदानको रासायनिक मल आपूर्ति गर्न नसक्दा समस्यामा परेका सुदूरपश्चिमका किसानलाई साल्टट्रेडिङ्गले  सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट वितरण गर्न थालेपछि ठुलो राहत पुगेको छ । तिन तहकै सरकारले यो रासायनिक मल लाई अनुदान उपलब्ध गराए आफूहरूलाई ठुलो राहत पुग्ने किसान बताउँछन् । 

 

भिडियो

 

Salt TradingSalt TradingSalt TradingSalt TradingSalt TradingSalt Trading

 

 

 

प्रकाशित:
2020/09/23, 6:54