धनगढीमा रहेको दिनेश एफएममा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि

Corona Update

धनगढी–कैलालीको धनगढीमा रहेको  दिनेश एफएममा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३७ बर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको एफएमका सम्पादक नबराज पनेरुले बताए ।   उनी धनगढी उप–महानगरपालिका वडा नम्वर– ११ का स्थानीय बासिन्दा हुन ।  ५ दिन अगाडि रिटेलिङ गर्दै आएका उनका भतिजामा कोरोना संक्रमण पुष्टि भएपछि उनले पनि कोरोना परीक्षण गरेका थिए। आज सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। केही दिनदेखि होम क्वारेन्टिनमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राख्ने तयारी भएको छ। 

प्रकाशित:
2020/09/24, 5:20