धनगढीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्यो

Corona Update

धनगढी– लक डाउन खुलेर बजारमा भिडभाड बढेसङै प्रदेश राजधानी  धनगढीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढै गएको छ ।   धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बिहीबार सम्म उप–महानगर क्षेत्रका पाँच सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

एक सय ८६ महिला र  तीन सय ४६ पुरुष गरी पाँच सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

उनका अनुसार उप–महानगर क्षेत्रका एक सय ५१ महिला र दुई सय ५७ पुरुष गरी चार सय ८ जनाले कोरोना जितिसकेका छन्। ३३ महिला र ८९ पुरुष गरी एक सय २२ जना सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए।

सङ्क्रमण पुष्टि भएका झन्डै ७० प्रतिशतको ट्राभल हिस्ट्री भेटिएको छैन। उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।  

प्रकाशित:
2020/09/25, 8:01