नेपाल प्रहरीका सई दार्चुलाको एउटा होटेलमा मृत भेटिए

Death

दार्चुला–अछाम घर भई दार्चुलामा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) धुब्र रावल मृत फेला परेका छन् । आज बिहान करिब ४ बजे सदरमुकाम बांगाबगडस्थित जय दुर्गा भवानी होटेलको शौचालयमा लडेको अवस्था उनी भेटिएका थिए । लगत्तै जिल्ला अस्पताल पुगाउँदा डाक्टरले मृत घोषणा गरेका गरे ।  उनको मुखबाट रगत बगेको थियो ।   बिहान होटेल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा रावलको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए। रावल दल् लेख प्रहरी चौकीबाट सरुवा भएर इलाका प्रहरी कार्यालय हुती आएका थिए ।   मृतकका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएको जनाइएको छ । 

प्रकाशित:
२०७७ असोज , १०:२०
SPA
KN
Priya Gahana Pasal