सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । सङ्क्रमित मध्ये धनगढीका ३ जना छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ३, ६ र १० का एक–एक जना, गोदावरी नगरपालिका वडा नम्बर ११, टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक–एक जनामा संक्रमण पुष्टि भएको छ। यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का १ जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजेटिभ देखिएको  हो । 

No description available.

प्रकाशित:
2020/09/25, 2:40