धनगढीकी कोरोना सङ्क्रमित एक महिलाको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु

Death

धनगढी–धनगढी उपमहानगरपालिका– १ की ६३ बर्सिया कोरोना सङ्क्रमित एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा असोज ७ देखि उपचाररत महिलाको करिब साढे ३ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि असोज ७ गते उनलाइ अस्पताल भर्ना गरीएको थियो ।  उपचारकै क्रममा परीक्षण गर्दा असोज १० गते उनमा  सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।  योसङै धनगढीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सङ्ख्या ३ पुगेको पुगेको छ ।  प्रदेश भरी हाल सम्म २१ जनाले ज्यान गुमाएका छन् । नेपाली सेनाले उनको अन्तिम संस्कार गर्ने तयारी गरिरहेको छ । 

प्रकाशित:
2020/09/28, 4:16