आफ्नो कार्यकालमा के–के गरे जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ठकुराठीले ?

उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका ठकुराठीको सरुवा
trafic

धनगढी– जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको सरुवा भएको छ । 

कैलालीमा ठकुराठीको १४ महिना कार्यकाल पछि माहानगरिय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौँमा सरुवा भएको हो । उनी २०७६ साउन १६ गते नेपालगन्ज गण वाट कैलाली ट्राफिक प्रहरी कार्यालयका प्रमुखका रूपमा आएका थिए । उनी सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरिया २०७६÷७७ वाट उत्कृष्ट ट्राफिक प्रहरी घोषित समेत भएका छन् । कैलालीमा काम गर्ने अवसर मिलेकोमा उनी खुसी भएको बत्ताउँछन् ।

उनले कैलालीमा काम गर्दा विभिन्न सङ्घसंस्था, स्थानीय निकाय, प्रहरी कर्मचारी, पत्रकार र स्थानीयको साथ सहयोग मिलेको भन्दै सबैलाई धन्यवाद दिए । आफ्नो कार्यकालमा कैलालीमा ट्राफिक डमी र डमी सहितका सूचना बोर्डको सुरुवात गरेको उनी बत्ताउँछन् । उनले विभिन्न वित्तीय सङ्घसंस्था वाट सहकार्य गरी सडकमा लेन अनुशासनका लागि ट्राफिक कोण राखेको, धनगढी उपमहानगरपालिका र स्थानीयको सहयोगमा त्रिनगर ट्राफिक पोस्ट ३ कोठे भवन निर्माण, सांसद नेपालु चौधरी वाट सांसद विकास कोषको सहयोगमा भोग चलनका लागि एक कट्टा जमिन स्थानीय निकाय वाटै भवन निर्माण गर्ने गरी फूलबारी –१९ मा अस्थाई ट्राफिक प्रहरी स्थापना, टिकापुरमा अस्ताइ पोस्ट निर्माण, हाइवे क्षेत्र सुखड, चौमाला, लम्की क्षेत्रमा सी. सी. क्यामरा जडान, ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन जस्ता काम आफ्नो कार्यकालमा गरेको उनले जानकारी दिए । कैलालीमा विना लाइसेन्स अटो रिक्सा सञ्चालन, सडकमा क्षमता भन्दा बढी सवारी साधन चल्नु, भित्री सडकहरूको कम प्रयोग हुनु, ठुला घरमा पार्किङको व्यवस्था नहुनु, ट्राफिक नियम सम्बन्धी ज्ञान नहुनु र हुनेले पालना नगर्नु कैलालीमा ट्राफिक व्यवस्थापनका चुनौती रहेको उनको भनाइ छ । 

उघोग वाणिज्य सङ्घ कैलाली, सुदूरपश्चिम यातायात व्यवसायी सघ, सु.प. यातायात मजदुर भलाई कोष समिति, मजदुर सङ्घटन कैलालीले उनलाई बिदाइ र आगामी सुखद कार्यकालको शुभकामना दिएका छन् ।  

 

प्रकाशित:
2020/09/29, 1:11