कोरोना सङ्क्रमणका कारण मृत्यु भएकी धनगढीकी महिलाको सेनाद्वारा अनतेष्टि (तस्बिर सहित)

Corona Update

धनगढी–कोरोना सङ्क्रमणका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका– १ की ६३ बर्सिया  महिलाको आज नेपाली सेनाले अन्तिम संस्कार गरेको छ ।  कैलालीको तेघरी स्थित श्री भवानी दल गणबाट सह–सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको तालीम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन सम्बन्धी पूर्व निर्देशित सुरक्षाका सम्पूर्ण उपायहरूको अवलम्बन गरी धनगढी–७ को देवरीयाको राष्ट्रिय बन क्षेत्रमा शबको अन्तिम संस्कार गरेको गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए । गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम मृतकका आफन्त, स्थानीय पदाधिकारीहरूको उपस्थितिमा दाह संस्कार गरिएको केसीले जानकारी दिए ।  सेती प्रादेशिक अस्पतालमा असोज ७ देखि उपचाररत ती महिलाको सोमबार मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि असोज ७ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।  उपचारकै क्रममा परीक्षण गर्दा असोज १० गते उनमा  सङ्क्रमण पुष्टि भएको थियो ।  

No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित:
2020/09/29, 2:14