सुदूरपश्चिममा ६ हजार एक सय १० जनाले कोरोना जिते

१ हजार २४ जना सक्रिय सङ्क्रमित
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार २ सय ५० पुगेको छ । हाल सम्म ८३ हजार २ सय ९७ जनाको नमुना जाँच गरिएकोमा ७ हजार २ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको हो । ती मध्ये ६ हजार एक सय १० जना निको भएका छन्। प्रदेश भरी १ हजार २४ सक्रिय सङ्क्रमित छन् । कैलालीमा सबैभन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय एक रहेको छ ।  डोटीमा एक सय ३६, बझाङमा एक सय १७, अछाममा ९७, बैतडी ८४, कञ्चनपुरमा ४७, दार्चुलामा ३० र डडेलधुरामा १२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको छ । 

                                                                   स्रोत– सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय

प्रकाशित:
2020/09/30, 7:35