भारत पठाउने भन्दै ठगी गरेको आरोपमा गौरीफन्टाबाट एक जना पक्राउ

pakrau

धनगढी–गौरीफन्टा नाका भएर भारत पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ ।  धनगढी उपमहानगरपालिका– २ बस्ने २५ वर्षीय कमल बोहरालाई पक्राउ गरेकोप्रहरीले जनाएको छ । कागजात नभए पनि भारत पठाइदिने भन्दै  नेपालीहरूबाट रकम असुल गरेको प्रमाण फेला परेपछि उनाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले यसअघि पनि डोके बजारबाट पक्राउ परेका बोहरा छुटेपछि फेरी नाकामा ठगी गर्न थालेपछि पक्राउ गरिएको बताए। अहिले आधार कार्ड, रासन कार्ड, कम्पनीले बोलाएको आधिकारिक पत्र नभएका नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ। 

प्रकाशित:
2020/09/30, 10:17