सुदूरपश्चिममा बुधबार १ सय ९६ जना कोरोना संक्रमण पुष्टि

धनगढीका ९० जनामा संक्रमण
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिममा बुधबार   एक सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ६१ जनाको कोरोना परीक्षण भएकोमा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै डोटी अस्पतालको प्रयोगशालामा ५६ जनाको कोरोना परीक्षण भएकोमा नौँ जनामा संक्रमण पुष्टि भएको छ भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा दुई जना र बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा एक जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रयोगशालाको परीक्षणमा धनगढीका ९० जनामा संक्रमण पुष्टि भएको छ। 

धनगढी – १ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर–३ का नौँ जना, वडा नम्वर ४ का १० जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर– ५ का चार, वडा नम्वर– ६ का दुई, वडा नम्वर– ७ का चार, वडा नम्वर– ८ का सात, वडा नम्वर ११, १२, १३ र १८ का एक÷एक जना र वडा नम्वर १९ का दुई जनामा संक्रमण पुष्टि भएको उनले बताए। 

यस्तै कैलालीको गोदावरीका १८, भजनीका १६, गौरीगंगाका १४, घोडाघोडीका नौँ, टीकापुरका तीन, लम्कीका दुई र स्थानीय तह नखुलेका चार जनामा संक्रमण पुष्टि भएको छ। यस्तै कञ्चनपुरका २१ जनामा संक्रमण पुष्टि भएको छ । 

भीमदत्त नगरपालिकाका ११, बेदकोटका चार, पुनरवासका तीन, कृष्णपुरका दुई र शुक्लाफाँटाका एक जनामा संक्रमण पुष्टि भएको छ। बझाङको जयपृथ्वी, खप्तड छान्ना र बिथ्तडचिरका एक÷एक जना, अछामको मेल्लेख, डडेल्धुराको परशुराम र बैतडीको पञ्चेश्वरका पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ। एक जना भने बर्दीया मधुवनका हुन्। 

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ। ५६ जनाको कोरोना परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।  डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ पुरुष, बोगटान फुडसिल गाउँपालिकाका २ पुरुष, शिखर नगरपालिका र केआइ सिह गाउँपालिकाका एकरएक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

अछामको जयगढ बान्निगढी गाउँपालिकाका दुई जना पुरुषमा कोरोना पुष्टि भएको छ ।  उता जिल्ला अस्पताल बझाङमा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको स्वाब परीक्षण भएकोमा एक नयाँ संक्रमण पुष्टि भएको छ। बुधबार संक्रमण पुष्टि हुनेमा खप्तड छान्न गाउँपालिका–५ का पुरुष हुन्।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको छ।  नवदुर्गा गाउँपालिकाका दुई जनामा पनि कोरोना भेटिएको छ।  सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय नाघेको छ । ति मध्ये ६ हजार एक सय बढि संक्रमण मुक्त भएको छ । प्रदेशभरी २१ जना संक्रमितको मृत्यु भएको छ।

No photo description available.No photo description available.

प्रकाशित:
2020/09/30, 8:03