कैलालीको गोदावरीकी कोरोना सङ्क्रमित महिलाको मृत्यु

Corona Update

धनगढी–कैलालीमा आज फेरी एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।  सेती प्रादेशिक अस्पताल उपचाररत  गोदावरी नगरपालिका– १२ की ३० बर्सिया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी ती महिलाको राति ८ बजे मृत्यु भएको थियो । उनमा आज कोरोना पुष्टि भएको हो। भवानी दल गण तेघरीबाट सह सेनानी नवलसिंह रोकायाको कमान्डमा खटिएको नेपाली सेनाको टोलीले  तेघरी सामुदायिक वनमा उनको अनतेष्टि गरेको छ । 

कोरोना सङ्क्रमणबाट चार महिनाको अवधिमा सुदूरपश्चिमका २२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कैलालीका १०, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेलधुराका एक एक जना सङ्क्रमितको मृत्यु भएको हो। ती तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।

प्रकाशित:
2020/10/01, 5:39