धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update

धनगढी–सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा आज १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढी उप–महानगरपालिका –२, ३, ४ र ५ का एक–एक जना, गौरीगंगा नगरपालिका –११ का एक जना, चुरे गाउँपालिका –४ का एक जना, घोडाघोडी नगरपालिकाका दुई जना र भजनी नगरपालिकाका चार जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै कञ्चनपुरको बेलौरीका एक जना, पुनर्वासका दुई जना, महाकालीका एक जना, डडेलधुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले बताए । 

प्रकाशित:
2020/10/01, 5:54