सुदूरपश्चिम प्रदेशमा बिहीबार ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update

धनगढी– सुदूरपश्चिम प्रदेशमा बिहीबार ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर २, ३, ४ र ५ का एक एक जना, गौरीगंगा नगरपालिका वडा नम्बर ११ का एक जना, चुरे गाउँपालिका वडा नम्बर ४ का एक जना, गोदावरी नगरपालिकाका दुई जना र भजनी नगरपालिकाका चार जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै कञ्चनपुरको बेलौरीका एक जना, पुनर्वासका दुई जना, महाकालीका एक जना, डडेलधुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ९३ जनाको कोरोना परीक्षण भएकोमा सात जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको छ । 

बैतडीमा थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको हो। बिहीबार पुष्टि हुनेमा सुर्नया गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुष रहेका छन्। 

 

जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६५ जनाको कोरोना परीक्षण भएकोमा ५ जनामा सङ्क्रमण पुष्टि भएको छ। डडेलधुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार पाँच सय ७० पुगेको छ भने ६ हजार एक सय बढिले कोरोना जितेका छन्। २२ जना सङ्क्रमितको मृत्यु भएको छ। 

प्रकाशित:
2020/10/02, 6:04