कञ्‍चनपुरमा थ्रेसर पट्टामा बेरिएर महिलाको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । शुक्रबार थ्रेसर मेसिनमा धान चुट्ने क्रममा पट्टामा कपाल अल्झिँदा वडा नं. ७ की ४० वर्षीया लक्ष्मी साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार महिलाको थ्रेसरबाट झारिएको धान जम्मा गर्दा महिलाको कपाल बेरिएर घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रकाशित:
2020/10/02, 5:59