बिरामीमा कोरोना संक्रमण देखिएपछि महाकाली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

Corona Update
Mahakali hospital
सुदूर प्रेस संवाददाता

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालको आईसीयूमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पताल क्षेत्र ‘सेनिटाइज’ गर्न आइतबार एक दिन मात्र सेवा बन्द गरिएको हो ।

अस्पताल प्रशासनको शनिबार साँझ बसेको बैठकले ओपीडीलगायत क्षेत्रमा ‘सेनिटाइज’ गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालकी मेडिकल रेकर्डर उषा भट्टले बताइन् । उनका अनुसार असोज १५ मा भर्ना भएका बिरामीमा शनिबार साँझ संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार ओपीडीमा दैनिक डेढ/दुई सय बढी बिरामी आउने गरेका छन् ।

प्रकाशित:
2020/10/04, 1:53