कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

प्रतीकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– कञ्चनपुरको पुर्नवास मा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । हुलाकी राजमार्गमा पर्ने पुर्नवास नगरपालिका– १ स्थित बलभद्र बस्तीमा स्थानीय मदन तामाङले चलाएको से ६ प २९२८ नम्बर को मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीय  सिंहबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।  उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटर साइकलको ठक्करबाट  अर्का पैदल यात्री ५५ वर्षीय बलबहादुर तामाङ पनि सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्। उनको धनगढीमा उपचार भइरहेको छ। 

प्रकाशित:
2020/10/05, 11:11