धनगढीमा पत्रकार र प्राविधिक लाई कोरोना सङ्क्रमण

पत्रिका प्रकाशन बन्द
karna shaha
धनगढी पोस्ट दैनिकका प्रकाशक/सम्पादक कर्ण शाह ।
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा एक जना पत्रकार र मिडिया हाउसमा कार्यरत प्राविधिक लाई कोरोना सङ्क्रमण भएको छ । धनगढी पोस्ट दैनिकका प्रकाशक/सम्पादक कर्ण शाह र प्राविधिक चन्द्र चौधरिलाई सङ्क्रमण भएको हो । दुवै जना होम आइसोलेसनमा छन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको  सम्पादक शाहले बताएका छन् । सम्पादक शाहले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै केही दिनका लागी पत्रिका प्रकाशन बन्द गरिएको जानकारी दिएका छन् । 

प्रकाशित:
2020/10/05, 12:31