सेनाले निर्माण गरेको दार्चुलाको छाङरु– तिंकर सडक मुख्यमन्त्रीद्वारा उद्घाटन

sena sadak

सडक उद्घाटन गर्दै मुख्यमन्त्री भट्ट ।

दार्चुला–दार्चुलाको व्यास गाउँपालिका –२ स्थित घाँटीबगर गोरेटो बाटाकोे निर्माण कार्य सम्पन्न भएको छ। महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना)  सडकखण्डअन्तर्गत पर्ने उक्त गोरेटो बाटोको सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्।

घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो नेपाली सेनाद्वारा निर्माण गरिएको हो। नेपाल सरकारको मन्त्रिपरिषदको वैशाख १४ को निर्णयअनुसार महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत् निर्माण गराउने निर्णय गरेको थियो। अब नेपालीहरुले दार्चुलाको सदरमुकामबाट माथिल्लो क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

Image may contain: 2 people, mountain, outdoor and natureImage may contain: one or more people, people standing, mountain, outdoor and nature

प्रकाशित:
२०७७ असोज १९, ०२:५७
SPA
KN
Priya Gahana Pasal