सुदूरपश्चिममा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

कैलालीमा १७ जना सङ्क्रमित थपिए
Corona Update

धनगढी–सुदूरपश्चिममा आज २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप  कुमार श्रेष्ठले बताए । 

धनगढी उप–महानगरपालिका–२, ३, ५, ६ र १५ का एक/एक जना, जोशीपुर गाउँपालिकाका ५, चुरे गाउँपालिकाका तीन, गोदावरी नगरपालिकाका दुई जना, गौरीगंगा र टीकापुर नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना, पुनर्वास नगरपालिकाका र डोटीको केआईसिंह गाउँपालिकाका एक÷एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। 

No photo description available.

 

प्रकाशित:
2020/10/05, 4:19