नेपालमा २८ वर्षकी युवतीले जन्माइन् एकैपटक ५ शिशु

anautho ghatna

काठमाडौँ–काठमाडौँको थापाथलीमा रहेको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा २८ वर्षकी महिलाले पाँच शिशु जन्माउनु भएको छ । नुवाकोटकी २८ बर्षीया सोमिका तामाङको गर्भमा रहेको ५ शिशुलाई प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डाक्टरहरुले सोमबार बिहान शल्यक्रिया मार्फत निकालिएको हो । शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन सहभागि हुनुन्थ्यो भने एनेस्थेसियामा डा.मुकेश कुमार हुनुन्थ्यो  । 
जीवित ४ नवजात शिशु बालरोग विशेषज्ञ डा.श्रद्धा श्रेष्ठको निगरानीमा एनआइसियुमा राखिएको छ । ४ जना शिशुको नै अवस्था सामान्य छ । पाँचमध्ये एक शिशु मृत जन्मिएका थिए । जिवित शिशु चार जना छोरी हुन् । मृत्यु भएको शिशु भने छोरा थियो ।

४ शिशुमध्ये पहिलो शिशुको तौल १.८ किलोग्राम, दोस्रो ८ सय ग्राम, तेस्रो १.९ किलोग्राम चौथो १.६ ग्राम रहेको छ ।  ३२ हप्तामा सुत्केरी हुनुभएकी सोमिकाको स्वास्थ्य अवस्था पनि सामान्य छ । 

प्रकाशित:
2020/10/05, 5:13