प्याब्सन धनगढीको उर्दी : तोकिएको पब्लिकेशनको पुस्तक नपढाउने विद्यालयलाई १० देखि ४० हजारसम्म जरिवाना

pabson
सुदूर प्रेस संवाददाता

धनगढी– निजी विद्यालयको छाता संगठन (प्याब्सन) धनगढीले निजी विद्यालयमा तोकिएको पब्लिकेशनको पुस्तक पढाउन उर्दी जारी गरेको छ । प्याब्सन धनगढीको कार्य समितिको निर्णयअनुसार धनगढीका सबै निजी विद्यालयमा अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्युटर विषयको पुस्तक पढाउन उर्दी गरिएको हो । प्याब्सनको निर्णय नमान्ने विद्यालयलाई १० हजारदेखि ४० हजार रुपैयाँसम्म जरिवाना तिर्न र अबदेखि प्याब्सनका सबै निर्णय मान्न तयार छु भनेर निवेदन पेस गर्न विद्यालयलाई परिपत्र गरिएको छ । निर्णय नमान्ने विद्यालयलाई कडा कारबाहीको चेतावनी दिइएको छ । निर्देशन र चेतावनीबारे द गार्डनर विद्यालयका संस्थापक प्रिन्सिपल कैलाश दाहालले पत्रमा लेखिएको निर्णय र निर्देशन कानुनसम्मत छ भनेर प्रश्न गरेका छन् । प्याब्सन धनगढी अन्तर्गत ५३ विद्यालय आबद्ध छन् ।  उहाँकाअनुसार ९ वटा निजी विद्यालयले पुस्तक पढाउन अटेरी गरेका थिए । ७ वटा विद्यालयहरुले तोकिएको पुस्तक पढाउन सहमति जनाइसकेका छन् । दुई वटा विद्यालयले भने किताब पढाउन मानेका छैनन् । प्याब्सन धनगढीले अघिल्लो वर्ष आयोजना गरेको विद्यालयस्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेशनले प्रायोजन गरेको थियो । प्रायोजन बापत एक लाख ५० हजार रुपैयाँ प्याब्सन धनगढीलाई दिएको थियो ।

हेर्नुहोस पत्र–

प्रकाशित:
2020/10/06, 8:29