आजको मिति
बैतडी
२०७७ फाल्गुन २६, ०७:२८
बैतडी — भागरथी भट्टको बलात्कारपछि हत्या घटनाका अभियुक्त दिनेश भट्टलाई बुधबार पुर्पक्षका लागि सुधारगृह पठाइने भएको छ ।
२०७७ फाल्गुन १९, ०७:४०
बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।
२०७७ फाल्गुन १७, ०८:०४
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका एक किशोरको डिएनए परीक्षणका लागि पठाइएको छ।
२०७७ फाल्गुन १२, ०७:५७
बैतडी–दोगडाकेदार गाउँपालिका-७, चडेपानीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
२०७७ फाल्गुन ७, १०:२४
बैतडी–बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ।
२०७७ फाल्गुन ६, ०९:३५
बैतडी – भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेको छ ।
२०७७ फाल्गुन ५, ०४:४१
बैतडी – भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ । बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो ।
२०७७ फाल्गुन ५, १०:१२
पुरानो रिसिइबीले माघ २१ गते किशोरले भागरथीलाई भीरबाट लडाएर बोहोस भएपछि घाँटी घिचेर हत्या गरेको खुलेको छ। हत्यापछि किशोरले बलत्कारको प्रयास समेत गरेको देखिएको छ।
२०७७ फाल्गुन ५, ०६:५६
बैतडी–बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
२०७७ फाल्गुन ५, ०६:४०
धनगढी–बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसको सभामा नेकपा ओली समूहद्वार नियोजित रुपमा आक्रमण गरेको भन्दै कांग्रेसले सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिँदै दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
२०७७ फाल्गुन १, ०९:१२
बैतडी–बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार-हत्याको अनुसन्धान तेस्रो चरणमा पुगेको प्रहरीले जनाएको छ।
२०७७ माघ २९, ०८:०७
धनगढी–सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।
२०७७ माघ २८, ०६:५४
बैतडी–६ दिनअघि बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ।
२०७७ माघ २५, ०७:३४
बैतडी–भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् ।
२०७७ माघ २५, ०७:१४
बैतडी–बैतडीमा शनिबार बेलुका विवाहित छोरीलाई गोली हानेर हत्या गरी बाबु फरार भएका छन्।