राष्ट्रिय

2021/08/05, 8:00
धनगढी– मनसुनी वायुको प्रभावको कारण देशका अधिकांश स्थानको मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ।
2021/07/31, 7:38
धनगढी–मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2021/07/31, 7:21
दार्चुला — सदरमुकाम खलंगा जान हिँडेका ६/७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए । पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए । चौथो यात्री थिए जयसिंह । उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए । त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा… विस्तृतमा
2021/07/31, 7:13
काठमाडौँ–भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ ।
2021/07/30, 8:07
धनगढी– भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् ।
2021/07/30, 8:05

धनगढी–आज साउन १५ गते, खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यलाई फाइदा… विस्तृतमा

2021/07/28, 10:52
धनगढी–कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको ज्यान गएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको ज्यान गएको हो ।
2021/07/27, 4:37
धनगढी– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
2021/07/27, 7:39
धनगढी–उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । 
2021/07/27, 7:36
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
2021/07/26, 7:37
 निर्मला पन्त हत्याका दाेषी पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
2021/07/26, 7:20
धनगढी– देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धनगढीमा आज बिहान देखि हल्का बर्षा भइरहेको छ ।
2021/07/25, 8:15
धनगढी– देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आगामी तीन नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त अवधिमा केही प्रेदशका थोरै स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।
2021/07/24, 7:49

धनगढी– आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन्। लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।

यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।

विस्तृतमा

2021/07/23, 6:43
धनगढी– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ।