अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले भने, 'मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ ।'
एजेन्सी–अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले आउँदो २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा… विस्तृतमा
भारत – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का झन्डै एक लाख सङ्क्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एकै दिन सबैभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका हुन् ।
बुधवार भारतमा ११ लाख २९ हजार ७५६ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको… विस्तृतमा
नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकै दिनमा झण्डै ८४ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भेटिएका छन् ।