कैलाली
धनगढी–भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि असौज ९ गतेसम्मका प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत केसीले बताए। कार्यालयका अन्य कर्मचारीको कोरोना परीक्षण पछि… विस्तृतमा
धनगढी–सुदूरपश्चिम प्रदेशमा हाल सम्म ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा मङ्गलवार सम्म ७८ हजार ६ सय ८८ जनाको स्वाबको नमुना जाँच गरिएकोमा ती मध्ये ६ हजार ७ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको… विस्तृतमा
धनगढी– नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाले पिछडिएका वर्ग समुदाय,जातजातिहरूको जीवनस्तर माथि उकास्ने गरी सामाजिक गतिविधि र कार्यक्रमहरू सञ्चालन गरिनु पर्नेमा जोड दिएकी छिन ।
धनगढी–गत वैशाख २४ गते कैलाली प्रहरी प्रमुख भएर पुग्दा नेपाल प्रहरीका उपरीक्षक अनुपमशमशेर जबराले भारतबाट झोलीगुन्टा कसेर नेपाल छिर्नेको ताँती सम्हालेका थिए । भारतमा कोरोना महामारी बढ्दै गएपछि सीमावर्ती नाका हुँदै स्वदेश फर्किनेको भीड थेगिनसक्नु थियो । तर त्यो दृश्य एकाध महिनामै बदलियो ।
धनगढी–कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकार र कर्मचारी माथि भएको आक्रमण बारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको टोलीले आज पनि सरोकारवाला निकायसँग छलफल जारी राखेको छ । आईतबारदेखि नै घटना सम्बन्धी अध्ययन थालेको महासंघको टोलीले आज स्थानीय प्रशासन, प्रहरी,… विस्तृतमा
धनगढी–संबिधान दिवस शनिबार कैलालीमा पनी भब्यताका साथ मनाइएको छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा कैलालीमा पनि बिभिन्न संघसंस्था र क्लबहरुले खुसियाली स्वरुप बिबिध कार्यक्रम आयोजना गरे । धनगढी उपमहानगरपालीका –१३ मा रहेको शिखर युवाक्लबले यस अवसरमा शनिबार साँझ दिप प्रज्वलन गरेको… विस्तृतमा
धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत २४ वर्षीया निर्मला पहराईको परिवारले उनको हत्या गरिएको दाबी गरेको छ । फूलबारी सामुदायिक जंगलमा झुन्डिएको अवस्थामा शुक्रबार उनी मृत भेटिएकी थिइन् । उनको आत्महत्या नभई हत्या भएको उनका दाजु विशालले शनिबार पत्रकार सम्मेलनमा… विस्तृतमा