कैलाली
धनगढी– धनगढी उपमहानगरपालीकामा मंगलबार सम्म ३ हजार २ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्य ४ सय ३६ जना पोजेटिभ देखिएका छन् । पोजेटिभ देखिएका मध्य लक्षण देखिएका सक्रिय केशहरु २ सय ६१ रहेको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले बताए । यस्तै धनगढी उप–महानगरपालिकामा… विस्तृतमा
धनगढी–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गरेको आरोपमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । एफएमले दिएको किटानी जाहेरीका आधारमा धनगढी उप–महानगरपालिका वडा नम्वर–५ बस्ने सरोज थापा लाइ पक्राउ गरीएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए । आक्रमणमा संलग्न… विस्तृतमा
धनगढी – पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन्। पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आइतबार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा चरणवद्ध आन्दोलन… विस्तृतमा
धनगढी - धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ।
बझाङ,२८ भदौ–बझाङमा चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका व्यक्तीलाई अनुसन्धान पूरा नगरी जमानतमा छोडिएको छ । चितुवाको छाला र हड्डीसहित पक्राउ परेका बुङगल नगरपालिका(६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरालाई बुङगल–६ का वडा अध्यक्ष धनबहादुर सिंहको जिम्मामा… विस्तृतमा
धनगढी,२७ भदौ–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का,… विस्तृतमा
धनगढी – दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५÷२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्।
धनगढीमा ३७ जना प्रहरीमा कोरोना पुस्टी भएको छ । आज धनगढीमा देखिएका ५० जनामध्ये ३७ जना प्रहरी रहेको खुलेको हो । उनिहरु सबै सशस्त्र प्रहरी गण धनगढीका रहेको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण… विस्तृतमा
धनगढी – सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।