कैलाली

२०७७ भदौ २९, ०६:१७
धनगढी–चोरी मुद्धाका फरार तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले  पक्राउ गरेको छ ।
२०७७ भदौ २९, ०५:३५
धनगढी– धनगढी उपमहानगरपालिका वडा नं ४ मा रहेको शिवपुरी सामुदायीक बनमा स्थापना गरिएको घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रमा सोमबार अजिंगर राखिएको छ ।
२०७७ भदौ २९, ०५:१०
धनगढी– लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका –२ का २३ वर्षीय जिवन खत्री र २५ वर्षीय हर्क मल्ल लाइ कञ्चनपुरको डोके बजारबाट  पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।
२०७७ भदौ २८, ०८:१७

धनगढी – पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन्। पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आइतबार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा चरणवद्ध आन्दोलन… विस्तृतमा

२०७७ भदौ २८, ०७:३९

धनगढी -  धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ। 

२०७७ भदौ २८, ०७:४१

बझाङ,२८ भदौ–बझाङमा चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका व्यक्तीलाई अनुसन्धान पूरा नगरी जमानतमा छोडिएको छ । चितुवाको छाला र हड्डीसहित पक्राउ परेका बुङगल नगरपालिका(६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरालाई बुङगल–६ का वडा अध्यक्ष धनबहादुर सिंहको जिम्मामा… विस्तृतमा

२०७७ भदौ २७, ०८:५०

धनगढी,२७ भदौ–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का,… विस्तृतमा

२०७७ भदौ २६, ०१:१६

धनगढी – दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५÷२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्।

२०७७ भदौ २५, ०४:४८

धनगढीमा ३७ जना प्रहरीमा कोरोना पुस्टी भएको छ । आज धनगढीमा देखिएका ५० जनामध्ये ३७ जना प्रहरी रहेको खुलेको हो । उनिहरु सबै सशस्त्र प्रहरी गण धनगढीका रहेको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश… विस्तृतमा

२०७७ भदौ २५, ०४:०८

धनगढी – सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

२०७७ भदौ २५, ०४:००

धनगढी – आज धनगढीमा मात्रै थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार नौ जना महिला र ४१ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।… विस्तृतमा

२०७७ भदौ २४, ०६:४२

धनगढी, – धनगढीकी एक २१ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्ने  चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले होटेल सञ्चालक समेत रहेका… विस्तृतमा

२०७७ भदौ २४, ०५:५२
सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय १८ पुगेको छ।
२०७७ भदौ १९, ११:२४

धनगढी, - कैलालीमा डाकाँ चोरी मुद्दामा फरार दुई जना  १६ बर्ष पछि पक्राउ परेका छन्।  गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँका ५० वर्षीय फुलपाती चौधरीलाई १६ वर्ष पछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

२०७७ भदौ १९, ११:१०

धनगढी — कोभिड–१९को महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्तसम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिन लागिएको बताए ।

उनका… विस्तृतमा