कैलाली

2023/09/15, 8:24
धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2023/09/15, 7:34
धनगढी– आज राष्ट्रिय बाल दिवस । बालबालिकामा लगानी-सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँदै छ ।
2023/09/14, 7:14
धनगढी– प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
2023/09/13, 9:15
सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनकाे शाेकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । 
2023/09/13, 9:12
धनगढी– सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सि २९ गतेसम्म खोप लगाइने छ ।
2023/09/12, 7:31
संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
2023/09/11, 8:12
धनगढी– सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2023/09/10, 8:10
धनगढी– प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगीका कारण प्रदेशमा ३ जनाको मृत्यु भएको छ । गत वर्ष चार जनाको मृत्यु भएको थियो ।
2023/09/10, 8:01
धनगढी– आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
2023/09/10, 7:50

धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यत: बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै… विस्तृतमा

2023/09/09, 7:56
 जी–२० शिखर सम्मेलन आजदेखि भारतको दिल्लीमा शुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भइरहेका छन् ।
2023/09/09, 7:49
धनगढी–सामान्य बदली भई हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कैलालीको धनगढीमापनि विहानै देखि वर्षा भइरहेको छ ।
2023/09/08, 8:15
धनगढी– आज निजामती सेवा दिवस, ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
2023/09/08, 7:44
धनगढी– मुलुक संघीयतामा गएपछि सिंहदरबारको अधिकार स्थानीय तहमा पुगेको छ । तर भ्रष्टाचार पनि सँगसँगै सरेको छ ।
2023/09/08, 7:40
धनगढी– हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।