आजको मिति
राष्ट्रिय
२०८१ भदौ २०, ०८:०१
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
२०८१ भदौ २०, ०७:५२
धनगढी– भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो निकाय सम्बन्धित कार्यालयको नेतृत्वमा रहेका व्यक्ति नै हुन् । तर नेतृत्वमै रहेका व्यक्ति धमाधम भ्रष्टाचारमा तानिएका छन् । अख्तियारले एक वर्षभित्रै १५ सय २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गर्दा राजनीतिक नेतृत्वदेखि कर्मचारी नेतृत्वसम्मै तानिएका छन्… विस्तृतमा
२०८१ भदौ १९, ०८:२८
धनगढी– कैलाली जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ ।
२०८१ भदौ १८, ०७:३५
धनगढी–कैलाली प्रहरीले गएको तीन दिनमा भन्सार छली गरेर ल्याइएका १२ लाख ६५ हजार ४६५ मूल्य बराबरका मोबाइल लगाएतका मालसमान बरामद गरेको छ ।
२०८१ भदौ १४, ०८:००
बैतडी–भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो।
२०८१ भदौ १४, ०७:५८
धनगढी– सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।
२०८१ भदौ ११, ०८:५३
काठमाडौं– अमेरिकाको भर्जिनियाबाट नर्स ममता काफ्ले भट्ट नेपालमा रहेकी आमा गीता काफ्लेलाई दैनिक जसो भिडियो कल गरिरहन्थिन् ।
२०८१ भदौ १०, १०:२०
धनगढी– प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
२०८१ भदौ ९, ०९:१४
कञ्चनपुर — असार अन्तिम साता अविरल वर्षासँगै आएको बाढीले कञ्चनपुरमा खेतीपातीदेखि विकास निर्माणलगायतमा डेढ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
२०८१ भदौ ९, ०८:२६
धनगढी–पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. आरजु राणाको धनगढीस्थित निजी निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।
२०८१ भदौ ७, ०९:२९
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
२०८१ भदौ ७, ०९:२३
कैलाली– नदीहरुमा जलस्तर बढेर बाढी बस्ती पसेपछि कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिकाका अधिकांश ठाउँ बुधबार रातिदेखि जलमग्न छन् ।
२०८१ भदौ ६, १०:१९
सुन्दा अचम्म लाग्ला । तर गए राति भैँसीले बाघलाई मारेको छ । गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न बाघ गएको थियो । बाघ र भैंसीको जुधाजुध भएपछि घरधनीले थाहा पाएका थिए । छिमेकीहरूसहित घरधनी जब गोठमा पुगे,‘भैंसी घाइते अवस्थामा थियो, बाघ भने मरेको थियो ।’
२०८१ भदौ ६, १०:०३
धनगढी– कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
२०८१ भदौ ६, ०७:५६
धनगढी– सुदूरपश्चिमका सबै ठाउमा वर्षा भइरहेको छ । कैलाली जिल्लाको अधिकांश स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ।