राष्ट्रिय

२०८२ असार २७, ०८:५८
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
२०८२ असार २६, ११:४९
धनगढी–नेपाल–भारत सीमाबाट खुलेआम रुपमा आन्तरीक राजस्व बिभागको नक्कली स्टिकर टाँसिएका ‘खुकुरी’ ब्रान्डका चुरोट नेपाल भित्र्याइएको पाइएको छ।
२०८२ असार २६, ०९:१४

 आज आषाढ शुक्ल पूर्णिमाका दिन। आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । 

२०८२ असार २५, ०८:४३
महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ । 
२०८२ असार २५, ०८:१९
धनगढी–  आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ।
२०८२ असार २४, १०:३४
रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । 
२०८२ असार २४, ०७:५६

काठमाडौँ — भोटेकोशीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ ।  

२०८२ असार २३, ०९:२९
धनगढी– अहिले देशभरको मौसम आंशिक बदली छ ।
२०८२ असार २२, ०८:१०

धनगढी — कैलालीमा यो वर्ष गत वर्षभन्दा बढी परिमाणमा मल आपूर्ति भएपनि धान रोपाइँका बखत युरिया मल भने अभाव हुन थालेको छ । यो वर्ष असार पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसानलाई मल पाउन अघिल्लो वर्षभन्दा केही सहज भएपनि यतिबेला केही ढिलो गरी बल्ल धान रोपाइँमा जुटेका किसानहरूलाई भने युरिया मल… विस्तृतमा

२०८२ असार २२, ०७:५५
धनगढी– हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
२०८२ असार २०, ०८:३६

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा अभिलेखमै नरहेको विद्यालयको नाममा भ्रष्टाचार गरेको अभियोगमा चार जना विरुद्ध मुद्धा दायर गरेको छ । तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको पुष्टि भएकाले उनीहरुविरुद्ध विशेष… विस्तृतमा

२०८२ असार २०, ०८:२४
धनगढी– अहिले मधेस प्रदेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८२ असार १९, ०२:४८
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेर अदालतमा उपस्थितहरूमध्ये ७ जनालाई थुनामा राख्न आदेश भएको छ।
२०८२ असार १८, १०:०८
धनगढी– कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन् । 
२०८२ असार १८, ०९:३५

काठमाण्डौ – सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार तीन सय ३३ विदेशी पर्यटक नेपाल आएका हुन् ।

गएको वर्षको यही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक… विस्तृतमा