राष्ट्रिय

२०७७ असोज , ११:४५
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१० सत्पालीका अभिभावकविहीन ६ बालिकालाई काभ्रेको एसओएस बालग्रामले जिम्मा लिएको छ ।
२०७७ असोज , ०७:५२
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ  भने ७ जना घाइते भएका छन् ।
२०७७ असोज , ०७:२५
धनगढी–संसदीय अध्ययन उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्न सिफारिस गरेको छ।
२०७७ असोज , ०५:५८
धनगढी–कंचनपुरमा रहेको महाकाली सिंचाई आयोजनाका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट  स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ परेका छन ।
२०७७ असोज , ०४:३९
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज , ०२:५९

काठमाडौं - समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले बाटो खोलिदिएको छ । शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो… विस्तृतमा

२०७७ असोज , ०८:४७
स्याङ्जा–स्याङ्जाको वालिङमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता हेका छन् ।
२०७७ असोज , ०८:३०
धनगढी–देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७७ असोज , ०६:०९

काठमाडौँ–कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । आरोही आङरिता शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै पर्यटनमन्त्री योगेश भट्टराई शेर्पाको पार्थिव… विस्तृतमा

२०७७ असोज , ०५:५९
धनगढी– स्वास्थ्य मन्त्रालयले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ ।
२०७७ असोज , ०५:१४
धनगढी–नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज , ०८:५०
काठमाडौँ–ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना संरक्षणर्मी हेलिकोप्टर दुर्घटनामा परी निधन भएको आज १४ वर्ष पूरा भएको छ।
२०७७ असोज , ०७:१५
धनगढी–मुलुकका सबै प्रदेशमा आज ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। म
२०७७ असोज , ०९:४४
धनगढी–सरकारले लामो दुरीमा सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुलाई खाजा खाना प्याकिङ गरेर बोक्न आग्रह गरेको छ ।
२०७७ असोज , ०७:५६

धनगढी–गत वैशाख २४ गते कैलाली प्रहरी प्रमुख भएर पुग्दा नेपाल प्रहरीका उपरीक्षक अनुपमशमशेर जबराले भारतबाट झोलीगुन्टा कसेर नेपाल छिर्नेको ताँती सम्हालेका थिए । भारतमा कोरोना महामारी बढ्दै गएपछि सीमावर्ती नाका हुँदै स्वदेश फर्किनेको भीड थेगिनसक्नु थियो । तर त्यो दृश्य एकाध महिनामै बदलियो ।