राष्ट्रिय

२०७७ असोज २३, ०५:३९
काठमाडौँ–सरकारले कोरोना सङ्क्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ ।
२०७७ असोज २३, ०५:२८
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज २३, ०४:४२
एजेन्सी–यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई दिइने भएको छ ।
२०७७ असोज २३, ०३:१८
धनगढी–नेपाली सेनाका २९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज २३, ०९:०३
काठमाडौँ–प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले कोरोनाभाइरस महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ।
२०७७ असोज २२, ०४:३०
धनगढी–नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ । गएको २४ घण्टामा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज २२, ११:३९
काठमाडौँ–चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै १९ औँ पटक अनशन बसेका डा. गोविन्द केसी अनशन बसेको २५औं दिनमा सरकारले वार्ताका लागि बोलाएको छ।
२०७७ असोज २२, ०८:५०
काठमाडौँ–स्कुल र क्याम्पस तहका स्थगित सबै परीक्षा अब सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो ।
२०७७ असोज २१, ०८:१८
जाजरकोट – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो भने एक जना बेपत्ता छन् । त्यस्तै एक जना घाइते भएका छन् । 
२०७७ असोज २१, ०५:०४
धनगढी–कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १५ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
२०७७ असोज २१, ०४:५६
धनगढी–नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज २०, ०६:०६

काठमाडौँ – कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृतकमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् । 

२०७७ असोज २०, ०४:३०

धनगढी–नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४… विस्तृतमा

२०७७ असोज १९, ०५:०१
धनगढी–कोरोना संक्रमणबाट २४ घण्टामा थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
२०७७ असोज १९, ०४:४०
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।