आजको मिति
राष्ट्रिय
२०७७ कार्तिक ११, ०४:२४
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् ।
२०७७ कार्तिक ११, ०७:३५
धनगढी–दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने… विस्तृतमा
२०७७ कार्तिक १०, ०६:५५
धनगढी–दशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
२०७७ कार्तिक ९, ०६:३९
धनगढी–आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआराधना गरी बलि दिएर मनाइँदैछ ।
२०७७ कार्तिक ८, ०६:३६
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेकाे छ ।
२०७७ कार्तिक ८, ०७:३७
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन् ।
२०७७ कार्तिक ८, ०७:१८
धनगढी–आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइँदै छ ।
२०७७ कार्तिक ७, ०६:२९
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक ७, ०८:१४
धनगढी–आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ ।
२०७७ कार्तिक ६, ०७:४४
धनगढी - आज नेपाली चाड बडा दशैंको छैठौं दिन । आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैं… विस्तृतमा
२०७७ कार्तिक ५, ०४:४०
धनगढी–नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।
२०७७ कार्तिक ५, ०८:१०
धनगढी–दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।
२०७७ कार्तिक ५, ०७:०६
काठमाडौँ–मृतक संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले जाडो महिनामा अझै कोरोना (कोभिड-१९) संक्रमण फैलिने निष्कर्ष निकालेको छ।
२०७७ कार्तिक ४, ०६:४९
धनगढी– दशैँमा सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने भएका छन् ।
२०७७ कार्तिक ३, ०४:४२
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।