आजको मिति
राष्ट्रिय
२०७७ कार्तिक १२, ०८:१२
काठमाण्डाै - नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् ।
२०७७ कार्तिक १२, ०८:०४
काठमाडौँ — भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने भएका छन् ।
२०७७ कार्तिक १२, ०७:३६
धनगढी—आश्विन शुक्ल द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ ।
२०७७ कार्तिक ११, ०४:५१
धनगढी–संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
२०७७ कार्तिक ११, ०४:३३
धनगढी–पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक ११, ०४:२४
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् ।
२०७७ कार्तिक ११, ०७:३५
धनगढी–दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने… विस्तृतमा
२०७७ कार्तिक १०, ०६:५५
धनगढी–दशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
२०७७ कार्तिक ९, ०६:३९
धनगढी–आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआराधना गरी बलि दिएर मनाइँदैछ ।
२०७७ कार्तिक ८, ०६:३६
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेकाे छ ।
२०७७ कार्तिक ८, ०७:३७
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन् ।
२०७७ कार्तिक ८, ०७:१८
धनगढी–आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइँदै छ ।
२०७७ कार्तिक ७, ०६:२९
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक ७, ०८:१४
धनगढी–आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ ।
२०७७ कार्तिक ६, ०७:४४
धनगढी - आज नेपाली चाड बडा दशैंको छैठौं दिन । आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैं… विस्तृतमा