राष्ट्रिय

२०७७ कार्तिक ३०, ०५:१९
कोरोना भाइरस संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक ३०, ०६:२९
धनगढी–यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
२०७७ कार्तिक ३०, ०५:५९
धनगढी–यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
२०७७ कार्तिक २९, ०४:४९
काठमाडौँ–मुलुकभर पछिल्लो २४ घण्टामा १९ सय ४६ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
२०७७ कार्तिक २९, ०६:३६
यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ ।
२०७७ कार्तिक २८, ०८:३८
काठमाण्डौ–चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।
२०७७ कार्तिक २८, ०५:०७
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक २८, ०६:५७
धनगढी–कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
२०७७ कार्तिक २७, ०५:१३
पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ । थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २७, ०८:०६
कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । यसका लागी ‘प्रदेशहरूलाई पनि सबै तयारी गर्न भनिएको छ । नेपालमा २ करोड १० लाख नेपालीलाई खोप चाहिने र त्यसका लागी करिब ६० अर्ब खर्च लाग्ने अनुमान छ ।
२०७७ कार्तिक २७, ०७:०९
आज बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको मिनीट्रकलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
२०७७ कार्तिक २७, ०६:५४
धनगढी–कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।
२०७७ कार्तिक २६, ०६:०८
धनगढी–सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७७ कार्तिक २६, ०५:१६
कोरोना संक्रमणबाट २४ घण्टामा नेपालमा थप २६ जनाको को मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक २६, ०९:२०
जाडो छल्न विभिन्न देशबाट नेपाल आउने चरामध्ये ८० प्रतिशत नेपाल आइसकेका चराविद्ले बताएका छन् ।