राष्ट्रिय

२०७७ मंसिर , ०७:५९
सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 
२०७७ मंसिर , ०६:३४
काठमाडौँ–नेपाल संवत् ११४१ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कोरोना महामारीका कारण यसवर्ष ठूला र भीडभाय हुने कार्यक्रम भने हुने छैनन्।
२०७७ मंसिर , ०६:२१
धनगढी–नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, आज भाइटीका। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।
२०७७ कार्तिक ३०, ०५:१९
कोरोना भाइरस संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक ३०, ०६:२९
धनगढी–यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
२०७७ कार्तिक ३०, ०५:५९
धनगढी–यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
२०७७ कार्तिक २९, ०४:४९
काठमाडौँ–मुलुकभर पछिल्लो २४ घण्टामा १९ सय ४६ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
२०७७ कार्तिक २९, ०६:३६
यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ ।
२०७७ कार्तिक २८, ०८:३८
काठमाण्डौ–चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।
२०७७ कार्तिक २८, ०५:०७
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक २८, ०६:५७
धनगढी–कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
२०७७ कार्तिक २७, ०५:१३
पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ । थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २७, ०८:०६
कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । यसका लागी ‘प्रदेशहरूलाई पनि सबै तयारी गर्न भनिएको छ । नेपालमा २ करोड १० लाख नेपालीलाई खोप चाहिने र त्यसका लागी करिब ६० अर्ब खर्च लाग्ने अनुमान छ ।
२०७७ कार्तिक २७, ०७:०९
आज बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको मिनीट्रकलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
२०७७ कार्तिक २७, ०६:५४
धनगढी–कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।