आजको मिति
राष्ट्रिय
२०७७ मंसिर १०, ०५:११
काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर १०, १०:१७
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा लगाएको छ।
२०७७ मंसिर १०, ०८:५५
आज सुदूरपश्चिम प्रदेश सहित चारवटा उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
२०७७ मंसिर १०, ०७:३९
मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।
२०७७ मंसिर ९, ०९:३६
काठमाडौँ–म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।
२०७७ मंसिर ९, ०८:१७
कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको छ।
२०७७ मंसिर ८, ०९:३२
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ ।
२०७७ मंसिर ८, ०५:३९
पोखरा–पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।
२०७७ मंसिर ८, ०४:५८
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् ।
२०७७ मंसिर ८, ०७:०८
सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक लगाएको छ ।
२०७७ मंसिर ७, ०६:११
काठमाडौँ — नेपालमा आइतबार थप ५ हजार ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
२०७७ मंसिर ७, ०८:४७
धनगढी–सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७७ मंसिर ७, ०७:०६
एजेन्सी–एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ ।
२०७७ मंसिर ६, ०८:५२
ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको शनिबार कोरोना संक्रमणबाट निधन भएको छ ।
२०७७ मंसिर ६, ०४:१२
काठमाडौँ–पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ५ पुगेको छ।