आजको मिति
राष्ट्रिय
२०७७ मंसिर ३०, ०८:०६
धनगढी–धनगढी सहित यस आसपासका क्षेत्रमा आज बिहानै बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु सँगै बढेको सित लहरका कारण चिसो बढेको छ ।
२०७७ मंसिर २९, ०९:०५
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ मंसिर २८, ०७:४७
रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
२०७७ मंसिर २८, ०७:२६
विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ ।
२०७७ मंसिर २८, ०८:१५
स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिकको पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।
२०७७ मंसिर २७, ०७:२३
धनगढी– सुदूरपश्चिम प्रदेशमा शनिबार थप १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर २७, ०६:५५
डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।
२०७७ मंसिर २७, ०८:४१
धनगढी–आज पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७७ मंसिर २६, ०९:२३
शुक्रवार साँझ व्यस्त बजारमा मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षका शंकर परियार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
२०७७ मंसिर २६, ०८:४५
धनगढी–धनगढी लगायत नेपालका धेरैजसो ठाउँको हावाको प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावरण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था अस्वस्थ रहेको देखाएको हो ।
२०७७ मंसिर २६, ०८:२७
शुक्रबार साँझ ब्रेक फेल भई ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
२०७७ मंसिर २६, ०८:०८
धनगढी–आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।
२०७७ मंसिर २५, ०७:२८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ ।
२०७७ मंसिर २५, ११:२७
करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको छ ।
२०७७ मंसिर २४, ११:३५
धनगढी–सुदूरपश्चिम प्रदेशमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।