आजको मिति
राष्ट्रिय
२०७७ कार्तिक २६, ०७:५९
गएराती पूर्व–पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २५, ०५:३१
पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक २५, ०७:२९
आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदैछ ।
२०७७ कार्तिक २५, ०७:१६
चौतर्फी आलोचना र दबाबपछि सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।
२०७७ कार्तिक २४, ०४:५९
पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक २४, ०९:४४
दार्चुला — सरकारले दार्चुलाको व्यास गाउँपालिकाका लागि सुरक्षा व्यवस्थापन, स्वास्थ्य, सीमा प्रशासन, भन्सार, सडकलगायतमा समग्र विकास गर्न एकीकृत कार्ययोजना तयार पारेको छ ।
२०७७ कार्तिक २४, ०५:३९
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे भएको जनाएको छ ।
२०७७ कार्तिक २३, ०९:०७
कञ्चनपुर–हतियारसहित बर्दीमै भारतीय सीमा सुरक्षा बल (एसबएसबी) का जवानहरू कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा प्रवेश गरेका छन्। नेपाली भूमिमा आएका भारतीय एसएसबीका ६ जना जनालाई शनिबार स्थानीयले लखेटेका छन्। हतियार भिरेर डोरी र क्यामेरासहित आएका उनीहरुलाई स्थानीयले… विस्तृतमा
२०७७ कार्तिक २३, ०६:२५
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक २३, ०९:४२
काठमाडौँ–पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आज विहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन्।
२०७७ कार्तिक २२, ०९:४२
शनिबार बेलुका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २२, ०५:१३
काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २१, ०५:१५
धनगढी–नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यस्तै पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २१, ०७:४०
धनगढी–नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ। विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो।
२०७७ कार्तिक २०, ०७:३६
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ ।