कैलाली

2021/03/12, 8:05
धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरा नेकपा (एमाले) को केन्द्रीय सदस्य नियुक्त भएका छन् । 
2021/03/12, 7:36
धनगढी–सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट अलग गर्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। 
2021/03/12, 10:28
धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट पैदल यात्री करिब १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
2021/03/11, 7:32
धनगढी–सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि केन्द्र सरकारको साथसाथै सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि सङ्कटमा परेको छ ।
2021/03/11, 6:50
धनगढी–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। धनगढीको शिवपुरी धाम,गोदावरी लगायतका शिव धाममा बिहानै दर्शन गर्नेको घुइँचो लागेको छ ।
2021/03/10, 7:40
धनगढी–०७७ सालको कक्षा दशको अन्तिम परीक्षा (एसइई) जेठ १३ गतेदेखि हुने तय भएको छ ।
2021/03/08, 6:13
धनगढी–एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वोच्च अदालतको फैसलाले केन्द्रदेखि प्रदेश सरकारहरुलाई पनि चुनौती थपिएको छ । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा एमाले ठूलो दल हो । एमालेसँग २५ सांसद छन् । तर, पार्टी एकता पछि १४ सांसद रहेको माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । बहुमत पुर्‍याउन २७… विस्तृतमा
2021/03/07, 9:58
धनगढी–सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउँदै छ  ।
2021/03/06, 7:58
धनगढी– कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले शनिवार एक कार्यक्रमका बिच आफूलाई खुला सरकार घोषणा गरेका छन् ।
2021/03/06, 1:05
धनगढी– नेपाल आयल निगम नजिक धनगढी चटकपुरमा  रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।
2021/03/06, 8:14
भारतलगायत संक्रमित मुलुकबाट आयात बन्देज भए पनि खुला सीमाका कारण तस्करी व्यापक छ । पुसमा मात्रै कुखुराका चल्ला, ब्रोइलर, लोकल कुखुरा र हाँस गरी १५ हजार ८३ वटा नष्ट गरिएको पशु सेवा विभागअन्तर्गत क्वारेन्टाइन महाशाखाले जानकारी दिएको छ ।
2021/03/06, 8:03
धनगढी–कैलालीमा गए राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
2021/03/06, 6:07

धनगढी–कैलाली जनपुस्तकालय धनगढीले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने विभिन्न पुरस्कारहरूको निर्णय गरेको छ। पुस्तकालय व्यबस्थापन समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पुरस्कार र सम्मान प्रदान गरिने व्यक्तिहरू छनौट गरेको पुस्तकालयका अध्यक्ष तथा… विस्तृतमा

2021/03/05, 5:15
धनगढी– धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा शुक्रवार धनगढीमा सम्पन्न भएको छ ।
2021/03/04, 6:20
धनगढी–कैलालीको गोदावरी नगरपालिका– ५ गेटा का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोगमा पक्राउ परेकी युवती लाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।