राष्ट्रिय

2020/12/12, 7:23
धनगढी– सुदूरपश्चिम प्रदेशमा शनिबार  थप १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/12/12, 6:55
डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।
2020/12/12, 8:41
धनगढी–आज पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2020/12/11, 9:23
शुक्रवार साँझ व्यस्त बजारमा मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षका शंकर परियार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
2020/12/11, 8:45
धनगढी–धनगढी लगायत नेपालका धेरैजसो ठाउँको हावाको प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावरण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था अस्वस्थ रहेको देखाएको हो ।
2020/12/11, 8:27
शुक्रबार साँझ ब्रेक फेल भई ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 
2020/12/11, 8:08
धनगढी–आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।
2020/12/10, 7:28
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ ।
2020/12/10, 11:27
करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको छ  ।
2020/12/09, 11:35
धनगढी–सुदूरपश्चिम प्रदेशमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्। 
2020/12/09, 7:37
काठमाण्डाै – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको हो ।
2020/12/07, 8:09
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १६ सय १४ पुगेको छ।
2020/12/07, 7:01
बैतडी–चर्चित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब दिन बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा ७५० डोको राखेर आन्दोलन गरिएको छ।
2020/12/06, 8:24
काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
2020/12/05, 8:37
शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ।