कैलाली

2020/09/12, 8:50

धनगढी,२७ भदौ–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का,… विस्तृतमा

2020/09/11, 1:16

धनगढी – दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५÷२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्।

2020/09/10, 4:48

धनगढीमा ३७ जना प्रहरीमा कोरोना पुस्टी भएको छ । आज धनगढीमा देखिएका ५० जनामध्ये ३७ जना प्रहरी रहेको खुलेको हो । उनिहरु सबै सशस्त्र प्रहरी गण धनगढीका रहेको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण… विस्तृतमा

2020/09/10, 4:08

धनगढी – सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

2020/09/10, 4:00

धनगढी – आज धनगढीमा मात्रै थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार नौ जना महिला र ४१ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो। … विस्तृतमा

2020/09/09, 6:42

धनगढी, – धनगढीकी एक २१ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्ने  चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले होटेल सञ्चालक समेत रहेका कञ्चनपुर… विस्तृतमा

2020/09/09, 5:52
सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय १८ पुगेको छ।
2020/09/04, 11:24

धनगढी, - कैलालीमा डाकाँ चोरी मुद्दामा फरार दुई जना  १६ बर्ष पछि पक्राउ परेका छन्।  गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँका ५० वर्षीय फुलपाती चौधरीलाई १६ वर्ष पछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

2020/09/04, 11:10

धनगढी — कोभिड–१९को महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्तसम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिन लागिएको बताए ।

उनका अनुसार… विस्तृतमा

2020/09/04, 10:17
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले नगरक्षेत्रमा संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेतना अपनाउन आग्रह गरे । उनले भने–‘धेरै संक्रमित देखिएको ठाउँमा सिल गरेर बढी भन्दा बढी परीक्षण गर्ने तयारीमा छौं ।’
2020/09/04, 10:12

धनगढी - सेती प्रादेशिक अस्पतालमा हिजो भएको परिक्षणमा धनगढी महानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको छ । स्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठलेका अनुसार वडा नम्वर ५ का १५ र अन्य वडा नखुलेका १३ गरी २८ जनामा संक्रमण देखिएको हो । उनका अनुसार कैलालीको गोदावरीका ६ जना, लम्की चुहाका पाँच जना,… विस्तृतमा

2020/08/17, 2:05
धनगढी, १ भदौ–धनगढीको चौराहामा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण देखियको छ । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप–महानगरपालिका– ४ का २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । 
2020/07/29, 3:20

मंगलबार रातिदेखिको वर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । कान्ध्रा, काडा, पथरिया र मोहना नदीको बाढीले भजनी नगरपालिका नौवटा वडा डुबानमा परेका छन् ।