अपराध

2021/02/23, 12:52
कञ्चनपुर–बेलौरी नगरपालिका-६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन्‌।
2021/02/19, 10:24
बैतडी–बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज  दाहसंस्कार गरिने भएको छ।
2021/02/18, 9:35
बैतडी – भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेको छ ।
2021/02/17, 4:41
बैतडी – भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ । बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो ।
2021/02/17, 10:12
पुरानो रिसिइबीले माघ २१ गते किशोरले भागरथीलाई भीरबाट लडाएर बोहोस भएपछि घाँटी घिचेर हत्या गरेको खुलेको छ। हत्यापछि किशोरले बलत्कारको प्रयास समेत गरेको देखिएको छ।
2021/02/17, 7:45
धनगढी–कैलालीको खानी डाँडामा एक महिलालाई बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
2021/02/13, 4:22
धनगढी–बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार–हत्यामा संलग्न अपराधी लाई कारबाहीको माग गर्दै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ । 
2021/02/12, 7:28
धनगढी–बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ। 
2021/02/11, 8:07
धनगढी–सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।
2021/02/09, 7:10
धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको विरोधमा विद्यार्थीहरु दिनहुँ आन्दोलनमा उत्रिइरहेका छन् ।
2021/02/07, 7:34
बैतडी–भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् ।
2021/02/07, 7:14
बैतडी–बैतडीमा शनिबार बेलुका विवाहित छोरीलाई गोली हानेर हत्या गरी बाबु फरार भएका छन्‌। 
2021/02/04, 7:24
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी मृत फेला परेकी छन् । पालिकाकै सनातन धर्म माविमा अध्यनरत उनी बुधबार विद्यालय गएकी थिइन् ।
2021/01/31, 11:14
कञ्चनपुर - सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
2021/01/30, 8:51
बझाङ–बझाङमा एक पुरुषको भिरबाट धकेलेर हत्या भएको छ। छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ खोरीका ३७ वर्षीय रमेश बोहराको शुक्रबार साँझ भिडाने भिरबाट धकेलेर हत्या भएको हो।