आजको मिति
समाचार
२०७७ मंसिर २२, ०९:११
धनगढी–धनगढी–३ मा रहेको बिशालनगर रहेको रिङ रोडमा आज बिहान भयानक दुर्घटना भएको छ । घाइते युवतीको अवस्था गम्भीर छ ।
२०७७ मंसिर २१, ०८:३४
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर २१, १२:५२
धनगढी–धनगढी–अत्तरिया सडक खण्ड अन्तर्गत कैलालीको गेटामा आज २ वटा मोटर साइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका छन् ।
२०७७ मंसिर २१, ०९:०७
डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चार जना घाइते भएका छन् ।
२०७७ मंसिर २१, ०८:३६
धनगढी–धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्वाचित भएका छन् ।
२०७७ मंसिर २१, ०७:५३
डोटी–डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आइतबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको ।
२०७७ मंसिर २०, १०:२५
धनगढी–पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको चौमालामा गुडदै गरेको यात्रुबाहक गाडीमा अचानक आगजनी भएको छ ।
२०७७ मंसिर २०, ०९:५९
धनगढी–पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको चौमाला नजिक शनिवार माल बाहक ट्रक पल्टिएको छ ।
२०७७ मंसिर २०, ०८:०९
धनगढी–कोरोना सङ्क्रमणका कारण धनगढीमा उपचाररत दुई जनाको शनिवार मृत्यु भएको छ ।
२०७७ मंसिर २०, ०७:५६
गुलरियामा बस पल्टिँदा ३४ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
२०७७ मंसिर १९, ०८:११
डोटी–डोटीमा बालिकाको बलात्कारपछि हत्याका अभियुक्त भागेको प्रकरणमा डिउटीमा खटिएका प्रहरी हवलदार सहितका ३ जना प्रहरी निलम्बनमा परेका छन् भने पक्राउ गर्ने ४ जना प्रहरी पुरस्कृत भएका छन्।
२०७७ मंसिर १९, ०७:४७
कञ्चनपुर–कञ्चनपुरमा भारत बाट अवैध रुपमा भित्र्याइएको २ लाख भन्दा बढी मूल्य बराबरको मिठाइ प्रहरीले बरामद गरेको छ ।
२०७७ मंसिर १९, १०:००
धनगढी–सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।
२०७७ मंसिर १९, ०७:३८
बझाङ–बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्।
२०७७ मंसिर १८, १०:०७
धनगढी–धनगढी उपमहानगरपालिका वडा नं. ३ का वडा सचिव दीपक भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । वडा सचिव भण्डारीलाई सङ्क्रमण देखिएपछि वडा कार्यालय तिन दिनका लागी शिल गरिएको छ ।